‘राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार चाहिन्छ’ -शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिक व्यक्तिमा नैतिकता र संस्कार चाहिने बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेशस्तरीय भेला २०८० मा डा कोइरालाले कांग्रेस सुदृढ बनाउन राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीनवटा शब्द दिएर बिपी कोइराला जानुभएको बताउनुभयो ।

डा कोइरालाले भन्नुभयो, “कांग्रेस विगतमा किन बलियो थियो र क्रमशः किन कमजोर हुँदैछ ? तपाईंहरूले पार्टीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिनुपर्छ । पार्टीभित्र विगतमा भएका असल अभ्यास र अहिलेका नराम्रा कुराका सकारात्मक आलोचना गनुपर्छ ।”

कांग्रेस सहमहामन्त्री डिना उपाध्यायले पुराना नेताहरुको अभिलेख पार्टीले राख्नुपर्ने बताउनुभयो । उहाँले मुलुकका लागि महत्त्वपूर्ण योगदान पु¥याएका नेताहरूको अभिलेख राख्ने र विगतमा गरेका कामका आधारमा न्याय दिनुनपर्ने तर्क गर्नुभयो ।

सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले सेनानीहरुको परिचयपत्र नेपाल सरकारले दिनुपर्ने बताउनुभयो । सेनानीले विगतको राजनीतिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउँदै उहाँले त्यस्ता व्यक्तिहरुको सम्मान पार्टीले गर्नुपर्ने धारणा राख्नुभयो ।