रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका बिषयमा छलफल हुनेछ ।

यस पार्टीले विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्ने तयारी गरिरहेको छ । केही समयअघि पार्टीका सभापति रवि लामिछानेले नारायणगढदेखि बुटवलसम्मको सडकमा पैदल यात्रा गरेका थिए ।