राष्ट्रिय समन्वय परिषद्को बैठक आज बस्दै

काठमाडौँ । आज राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।

आजको बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने बिषयमा छलफल हुनेछ । यसअघिको बैठकले ६ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा तीन तहबिच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो ।