अभिनेत्री दीपिका पादुकोण आमा बन्दै, सफल भएन पेट लुकाउने प्रयास

काठमाडौं – बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छिन् । केही समयदेखि यसबारेमा हल्ला मात्र चलेपनि यसपटक आमा बन्न लागेको पुष्टि भएको भारतिय मिडियाले जनानएका छन् ।

उनले पटक पटक साडीले पेट लुकाउने प्रयास गरिरहेकी थिइन् । तर रणवीर सिंहको नजिकका एक स्रोतले अभिनेत्री गर्भवति रहेको खबरको पुष्टि गरेको बताइएको छ । सिंह दम्पत्ति निकट स्रोतले द वीक पत्रिकालाई दिएको अन्तर्वार्तामा उृनी आमा बन्न लागेको प्ष्टि भएको हो । उनी गर्भवती भएको ४ महिनाभन्दा बढी भएको बतामइएको छ ।

उनले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । उनीहरुबीच फिल्ममा काम गर्दागर्दै प्रेममा परेर विवाह भएको थियो । उनीहरुलदे हालसम्म पद्मावत, बाजीराव मस्तानी, ८३ लगायतका फिल्ममा सँगै काम गरिसकेका छन्