मधेश प्रदेशस्थित प्रतिनिधिलाई प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न मुख्यमन्त्री यादवको अपील

हेन्द्रनगर (धनुषा)- मुख्यमन्त्री सरोजकुमार यादवले अन्तर्राष्ट्रिय, राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका मधेश प्रदेशस्थित प्रतिनिधिलाई प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न अपील गर्नुभएको छ ।

विकास साझेदारसँगको सहकार्य र आगामी कार्यदिशाका बारेमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले समन्वय गरेर काम गर्दा सबै पक्षलाई फाइदा हुने र नतिजा प्रभावकारी हुनेसमेत बताउनुभएको हो । भौतिक पूर्वाधार विकास मन्त्री कृष्णाप्रसाद यादवले विकास साझेदार काठमाडौँमा बस्ने र तिनका प्रतिनिधि राजमार्ग बस्ने प्रवृत्ति ठीक नभएको बताउनुभयो ।

अर्थमन्त्री सञ्जयकुमार यादवले मधेशलाई गरिब राखेर देश समृद्ध हुन्छ भन्ने प्रश्न गर्नुहुँदै गैरसरकारी संस्थामा कामप्रतिको संवेदनशीलता नदेखिएको बताउनुभयो । अर्थमन्त्री यादवले परिणाममुखी कार्यका लागि आपसी सहकार्य र समन्वयको आवश्यकतामा जोड दिनुभयो ।नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले मिलेर काम गरे सजिलै अघि बढ्न सकिने बताउनुहुँदै कार्यक्रम भइसकेपछि पुन ः मूसिका भव भने जस्तो हुन नहुने बताउनुभयो । गैर–सरकारी संस्थाका प्रतिनिधि प्रमित अधिकारीले मधेशकाबारेमा धेरै अफवाह फैलिएको बताउँदै यहाँ काम गर्न सजिलो रहेको अनुभव सुनाउनुभयो ।