संविधानमा भएको अधिकार प्रदेशलाई दिनुपर्छ – शेखर कोइराला

विराटनगर, २ मङ्सिर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताउनुभएको छ ।न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको आज यहाँ विचोमन गर्दै नेता कोइरालाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको चाहना र आवश्यकता पूरा हुनुपर्छ भन्नुभयो । उहाँले सुशासन कायम गर्नेतर्फ सरकारको ध्यान हुनुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले सीप र दक्षताको उच्चतम उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गर्दै सरकारले शिक्षा र स्वास्थ्य जस्ता विषयमा संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा पुस्तक लेखक खरेल र न्यू सृष्टि दैनिकका सम्पादक निर्मला ढुङ्गाना, मेरी ल्याण्ड कलेजका प्रमुख लक्ष्मण खनालले धारणा राख्नुभएको थियो ।