हिजोको घटना सामान्य होइन, कांग्रेसलाई महङ्गो सावित भयो – शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राजनीतिमा गठबन्धन बन्नु, तोडिनु सामान्य भएपनि हिजोको घटना सामान्य नभएको बताएका छन् ।

सोमबार माओवादीले आफ्नो पार्टी कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेपछि कोइरालाले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् । उनले सत्ताका लागि जेपनि गर्नु तयार हुनु कांग्रेसका लागि महंगोे सावित भएको बताएका छन् ।

उनले भनेका छन्, ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन। कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो । यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।’