महराकाे घाँटी र मस्तिष्ककाे नसामा समस्या, केही दिन अस्पतालमै रहने

काठमाडौँ । हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन् । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार महरालाई अझै केही दिन अस्पतालमै राखिने पारिवारिक स्रोतले बताएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको सहमतिमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई हाजिर जमानीमा छोड्ने निर्णय गरेको थियो । उनलाई इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।