एमसीसीमाथि नेपालको सानदार जित

काठमाडौं– लन्डनको लर्डस् क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई पराजित गरेको छ। एमसीसीमाथि नेपालले ९ विकेटको सानदार जित हात पारेको हो।

सुरुमा ब्याटीङ गरेको एमसीसीले  नेपाललाई ४१ रनको लक्ष्य दिएको  थियो। ४.४ ओभरमा नेपालले लक्ष्य भेटाएको हो। सुवास खकुरेलले नटआउट १६ तथा ज्ञानेन्द्र मल्लले नटआउट १२ रनको योगदान दिए। अनिल शाह ९ रनमा आउट भएका थिए।

 एमसीसीले ६ ओभरमा ४ विकेट गुमाएर ४० रन बटुलेको हो।

वर्षाका कारण खेल ६–६ ओभरमा झारिएको हो।

पहिलो खेलमा नेदरल्याण्डले एमसिसीलाई २० रनले पराजित गरेको थियो।

नेपालले अर्काे खेल नेदरल्याण्डसँग खेल्नेछ।