सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

काठमाडौं, १८ असार । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनलको यात्रा सुनिश्चित गरेको हो ।

नेपालले जितका लागि दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।  सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।  यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।मंगलबार हुने फाइनलमा नेपालले घरेलु टोली मलेसियासँग खेल्नेछ ।