कोपा इटालियाको फाइनलमा इन्टरमिलान

काठमाडौं, १४ बैशाख । इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।युभेन्ट्सलाई पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।
बुधबार राति मिलानोमा भएको सेमिफाइनल खेलमा १–० को गाेल अन्तरकाे तथा समग्रमा २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

सो खेलको पहिलो हाफको १५ औं मिनेटमा फेडरिको डिमार्कोले गरेको गोल नै निर्णायक बन्यो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।अब इन्टरले उपाधिका लागि फियोरेन्टिना र क्रेमोनेस मध्ये एक विजेतासँग खेल्नेछ । यि दुई टोली बिच आज राति प्रतिस्पर्धा हुदैँछ ।