यसरी फड्को मार्दै एनआइसी एसिया बैंक

काठमाडौं एनआइसी एसिया बैंकले पहिलो पटक नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक देखाएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

८ अर्ब २ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले चौथो त्रैमास सम्ममा १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी१ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको निस्क्रिय कर्जा सून्य दशमलब ३ प्रतिशतबाट घटेर सून्य दशमलब सून्य ६ प्रतिशत पुगेको छ। रिजर्भ कोषमा ४ अर्ब १९ करोड ३२ लाख २८ हजार रुपैयाँ जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९४ पैसा छ ।