सुदन किरातीलाई मन्त्रीबाट बर्खास्त गर्न रवि लामिछानेको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।

बिहीबार सामाजिक संजालमार्फत सभापति लामिछानले मन्त्री किराँतीको ‘क्रिश्चियनलाई नमान्नेहरू देशद्रोही हुन’ भन्ने अभिव्यक्तिले सामाजिक सद्भाव खलबलाउने बताएका हुन् । उनले पदीय गरिमा विपरीत, उत्तेजक र गैरजिम्मेवार अभिव्यक्ति दिनु खेदजनक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’