भित्रियो सामसङको जे८ नेपाली बजारमा

काठमाडौं । हालै मात्र नेपाली बजारमा सामसङले ग्यालेक्सी जे८ स्मार्टफोन प्रस्तुत गरेको छ । जे८ सामसङको इन्फिनिटी सिरिज अन्तर्गतको एक हिस्सा हो । जसमा ६ इन्चको सुपर एमोलेड इन्पिmनिटी डिस्प्ले तथा डुअल क्यामेरा रहेको छ ।

जे८मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको छ । यसको डुयल रियर क्यामराले जे८ स्मार्टफोनलाई अझ बढी अद्वितीय तुल्याएको छ ।

त्यसैले गर्दा जे८ बाट खिचिएको तस्वीर एकदमै दक्षव् यक्तिले खिचेको जस्तै देखिन्छ । लाइभ फोकस फिचरले गर्दा प्रयोग कर्ताले सफाएवं स्पष्ट फोटो लिन सक्छन् । व्याक ग्राउन्डलाई फोटो खिच्नु अगाडि वा खिचिसके पछि ब्लर बनाउन सकिन्छ ।
उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरी च्याटओभर भिडियो जस्तो प्रभावशाली फिचर समाबेश गरिएको छ, जसको कारण प्रयोगकर्ताले भिडियो हेर्दै गर्दाको अवस्थामा पनि च्याटगर्न सक्नेछन् ।

ग्यालेक्सी जे८को नेपाली मूल्य केवल रु. ३३ हजार ४९०तोकिएको छ । यो फोन नेपालका रिटेलहरु मार्फत यही महिनादेखि उपलब्ध हुने छ । ग्यालेक्सी जे८ आकर्षक नीलो, कालो तथा ग्लोल्ड कलरमा उपलब्ध छ ।