अफवाह फैलाएको आरोपमा अनलाईन सञ्चालिका पक्राउ

फाइल तस्विर

काठमाडौँ । कञ्चनपुरमा भएको बलत्कार घटनाको सम्बन्धमा झूटो खबर फैलाएको भन्दै एक अनलाइन संचालिकालार्इ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

ब्युरोले आरएमखबर डटकमकी अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राप्ती सापकोटा पौडेललाई पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।

यीनै हुन १४ वर्षिय बालिका बलात्कारमा संग्लन भन्दै एक प्रहरीको तस्बिरसहितको सामाग्री उक्त अनलाईनमार्फत फैलिएको निष्कर्ष ब्युरोले निकालेको हो । बलात्कार जस्तो संवेदनशिल घटनबारे अफवाह फैलाएको आरोपमा ब्युरोले बालाजुबाट सापकोटालाई नियन्त्रणमा लिएको आजको कान्तिपुरले छापेको छ ।