काठमाडौं– “राम कहानी”को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंको क्विज सिनेमा हलमा ट्रेलर सार्वजनिक गरिएको हो । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य अभिनय रहेको फिल्ममा कलाकार केदार घिमिरे, विल्सनविक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतको अभिनय छ। ‘मेरो एउटा साथी छ’, ’प्रेमगीत’, ’म यस्तो गीत गाउँछु’ जस्ता सफल फिल्मका निर्देशक सुदर्शन थापाको लेखन तथा निर्देशनमा निमार्ण भएको यस फिल्ममा अभिनेत्री पूजा शर्मा र सुर्दशनको संयुक्त लगानी रहेको छ ।

चलचित्रको ट्रेलर सहित ।