बाहुबली ३ बन्ने पक्का

भारतमा मात्र नभई विश्वमा नै सर्वाधिक व्यापार गर्न सफल फिल्म ‘बाहुबली’ अब पछाडि फर्किने भएको छ । ‘बाहुबली(द बिगिनिङ’ र ‘बाहुबली द कन्क्लुजन’ को सफलतापछि तेस्रो भागका रुपमा ‘प्रिक्वेल’ निर्माण हुने भएको हो ।

एसएस राजामौलीका निर्देशनमा दुई भागमा बनेको बाहुबलीको प्रिक्वेलमा शिवगामीको यात्रा देखाइनेछ । शिवगामी एक विद्रोही केटीबाट एक चतुर र अद्वितीय रानी कसरी बनिन् भन्ने यसमा प्रस्तुत गरिनेछ । यसलाई ‘बाहुबली विफोर द बिगिनिङ’ नाम दिइएको छ । यो प्रिक्वेट आनन्द निलकन्ठनको किताब ‘द राइज अफ शिवगामी’ मा आधारित हुने बताइएको छ ।
नेटफ्लिक्स इन्डियाले बाहुबलीको तेस्रो भाग निर्माण हुने औपचारिक जानकारी ट्विटरमार्फत जानकारी दिएको हो ।

‘बाहुबली विफोर द बिगिनिङ’ नाममा दुई सिरिज बन्नेछन् । यो सिरिजको निर्देशन भारतीय(अमेरिकी निर्देशक देव कट्टा र निर्देशक प्रवीण सतारुले एकसाथ गर्नेछन् ।