“रोजी” को नयाँ गीत सार्वजनिक

रोजीको एउटा गीत सार्वजनिक भएको छ । नायक प्रदिप खड्का र नायिका मिरुना मगरलाई फिचरिङ गरिएको गीतको बोल रहेको छ ‘फूल होइन’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको हो । भदौ २२ गतेबाट रिलिज हुने चलचित्रको यो गीतमा प्रदिप र मिरुनाको केमेष्ट्री एकदम सुहाएको देखिन्छ । उक्त चलचित्रमा परमिता आरएल राणाको पनि मुख्य भूमिका छ । निरक पौडेलले निर्देशन गरेको उक्त चलचित्रका प्रस्तुतकर्ता भने उद्धव पौडेल हुन् । चलचित्रमा आर्या पौडेल र आरोही केसीको संयुक्त लगानी रहेकोछ ।
भर्खरै सावैजनिक भएको यो रोमान्टिक गीतको भिडियोलाई टर्कीको आकर्षक लोकेशनमा खिचिएको छ । राजुविक्रम थापाको छायांकन रहेको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।