‘साध्वी’ एल्बम समाबेश गायक सुजनको ‘जीवन जिउने होडबाजी’ सार्वजनिक ( भिडियो )

काठमाडौँ ।गायक सुजन ढकालले आफ्नो नयाँ गीत ‘जीवन जिउने होडबाजी’ सार्वजनिक गरेका छन् । मंगलबार भ्य्लालेण्टाइन डे को अवसर पारेर गायक सुजनले आफ्नै शब्दसंगीत र स्वरमा प्रेमिल शैलीको गीत सार्वजिक गरेका हुन् । गायक सुजनको ‘साध्वी’ एल्बम समाबेश गीतलाई मानसी किरणको एरेन्ज गरेका हुन् ।

सुर्खेतको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा प्रशान्तजंग शाह र अन्जना श्रेष्ठले अभिनयमा डेब्यु गरेका छन । रिजन बस्नेतको क्यामेरा सम्पादन र निर्देशन रहेको ‘जीवन जिउने होडबाजी’को भिडियोमालाइ डश म्युजिक नेपाल ( Dush Music ) को यूट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।