थलपति विजय टाइम्स स्क्वायरमा देखिने पहिलो तमिल अभिनेता

मुम्बई, ६ असार । थलपति विजय साउथ फिल्मका सुपरस्टार हुन् । पछिल्ला केही वर्षमा उनको लोकप्रिय निकै बढेको छ ।उनका फ्यान फलोइङ भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै छन् । विजय आगामी जुन २२ मा जन्मदिन मनाउँदैछन् ।

यसपटक उनलाई फ्यानले विशेष उपहार दिँदैछन् । विजय हालका दिनमा नयाँ फिल्म ‘लियो’को सुटिङमा व्यस्त छन् । अमेरिकामा रहेका उनका फ्यानले हालैमात्र न्यूयोर्कको टाइम्स स्क्वायर बिलबोर्डमा विजयको एक भिडियो प्रदर्शन गरिएको थियो । जुन भिडियोमा उनका कैयौं तस्वीर देखाइएका थिए । भिडियोका अन्त्यमा उनका फ्यानले उनलाई शुभकामना दिएको देखाइएको थियो ।

टाइम्स स्क्वायर बिलबोर्डमा देखिने अवसर पाएका विजय पहिलो तमिल अभिनेता हुन् । विजय अभिनित फिल्म ‘लियो’मा लोकेश कनागराजको निर्देशन छ । यो फिल्म अक्टोबर १९ मा रिलिज हुँदैछ । फिल्ममा उनको अपोजिटमा तृषा देखिँदैछिन् भने सञ्जय दत्त भिलेन चरित्रमा छन् ।