‘प्रसाद’को को छायाँकन सकियो

काठमाडौं – चलचित्र ‘प्रसाद’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । अभिनेता विपिन कार्की, निस्चल बस्नेत र नम्रता श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको चलचित्रमा निःसन्तान दम्पतीको कथालाई उतारिएको छ । फिल्मको आइतबार साझ छायांकन सम्पन्न भएको । सञ्चारकर्मी सुशील पौडेलको लेखेन तथा सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण गरिएको चलचित्र विल्कुल फरक धारमा उतार गरिएको निर्माण पक्षको दावी छ ।
फ्लोरमा गएको ४१औँ दिनमा फिल्मको छायांकन सम्पन्न गरिएको चलचित्र निर्माण युनिटले जानकारी दिएका छन् । दिनेश राउतको निर्देशन रहेको प्रसादलाई राजेश श्रेष्ठले खिचेका हुन् भने सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहेको छ । फिल्ममो एसोसिएटेट निर्देशकका रुपमा विकास सुवेदीले काम गरेका छन्।

चलचित्र यही आउदो मंसिर २१ गतेबाट बाट प्रदर्शनमा आउने फिल्म युनिटले जनाएको छ ।