हे साथी लिएर आए गायक तथा संगीतकार संजीव पुडासैनी

काठमाडौँ । लोकप्रिय गायक तथा संगीतकार संजीव पुडासैनीको पप गीत हे साथी सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संजीव पुडासैनी र शैलेन्द्र एम प्रधान बाबुको स्वर रहेको छ । जसमा शब्द, संगीत र एरेन्ज शैलेन्द्र एम प्रधान बाबुको नै रहेको छ । भिडियोको सम्पादन र कलर भने संजीव धनु पुडासैनीको रहेको छ ।

गायक पुडासैनीले केही समय अघि मात्रै ‘गुन्द्रुकको झोलमा’मा बोलको गीतको भिडियो बजारमा ल्याएका थिए । गायक पुडासैनी आँफैमा एक कुशल संगीत प्रशिक्षक पनि हुन् । उनले आधा दर्जन बिद्यालयमा संगीतको प्रशिक्षण दिँदै आएका छन् ।