ब्रह्मानन्दमको जन्मदिनको अवसरमा नीता र हरिहरको फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । साउथ फिल्मका चर्चित हास्यकलाकार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको मूख्य अभिनय रहेको यस फिल्म २०८१ साल असोज ११ गते प्रदर्शनमा आउने भएको छ । यसबारे जानकारी अभिनेत्री निताले सामाजिक सञ्जालमार्फत दिएकी छिन् ।

उनले लेखेकी छिन् – ‘असोज ११, २०८१ (२७ सेप्टेम्बर २०२४) हो ! हाम्रो चलचित्र ह्रस्व दीर्घ रिलिज हुने मिति तय भएको छ । र महान हास्य कलाकार ब्रमानन्दम सरलाई जन्मदिनको धेरै धेरै शुभकामना। तपाई संग काम गर्दा धेरै राम्रो अनुभव भयो’फिल्ममा ब्रह्मानन्दम बाहेक अन्य साउथ कलाकारहरुले पनि अभिनय गरेका छन् ।