तमन्नाले स्वीकारिन् विजयसँगको प्रेम सम्बन्ध

मुम्बई- बलिउड अभिनेत्री तमन्ना भाटिया र विजय बर्माबीचको सम्बन्धले बलिउड गर्माएको छ । यो जोडी कैयौं पटक सँगै देखिएका छन् । गोवामा भएको नयाँ वर्ष पार्टीमा दुवै सँगै देखिएका थिए । उनीहरु एकापसमा अंकमाल गरेको र चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अहिले आएर तमन्नाले विजयसँगको प्रेम सम्बन्धलाई स्वीकार गरेकी छन् । नेटफ्लिक्सको फिल्म ‘लस्ट स्टोरिज २’मा यो जोडी सँगै देखिँदैछन् । ‘एक यस्तो व्यक्ति छ, जो प्रति म निकै चासो राख्छु । ऊ मेरो खुशी हो’, तमन्नाले भनेकी छन् ।

‘विजय यस्तो व्यक्ति हो, जोसँग म निकै व्यवस्थित किसिमले जोडिएकी छु । उच्च महत्वाकांक्षा बोकेका महिलालाई हरेक कुरा पाउन निकै मेहनत गर्नुपर्छ । केही सजिलै पाइन्छ,’ उनले भनेकी छन् ।

उनले विजयले आफ्नो जिन्दगी र विषयलाई बुझ्ने गरेको खुलाएकी छन् । ‘ऊ एक यस्तो व्यक्ति हो, जसलाई मैले गहिरोसँग बुझेकी छु । ऊ मेरो खुशीको स्थान बनिसकेको छ’, तमन्ना भन्छिन् ।