‘दर्पण छायाँ २’की नायिका सहाराले गरिन् इन्जेगमेन्ट, विवाह कहिले ?

काठमाडौं । नायिका सहारा कार्कीले लगनगाँठो कस्ने भएकी छिन् । नायिका कार्कीले अभिनेता तथा पूर्व सञ्चारकर्मी फिरोज तिमल्सिनासँग विबाह गर्न लागेकी हुन् । अभिनेता फिरोजले नायिका कार्कीलाई औंठी लगाइदिँदै विवाहको प्रस्ताव राखेपछि सहाराले विवाहको प्रस्ताव स्वीकार गरिन् र यो जोडीले विबाहको औपचारिकता पाएको हो । यो जोडी पछिल्लो समय अमेरिकामा बस्दै आएको छ ।

विबाह हुने पक्का भएपछि फिरोजले फेसबुकमा खुशीयाली साट्दै लेखेका छन्, ‘मैले सोधेँ र उनले ‘हुन्छ’ भनिन् । हाम्रो जीवनको नयाँ अध्याय सुरु भएको छ ।’ त्यस्तै, सहाराले पनि आफूले विवाहको प्रस्ताव स्वीकार गरेको उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘जुन व्यक्तिसँग म बुढो हुन चाहन्छु र म मेरो जीवनका बाँकी अध्याय पूरा गर्न चाहन्छु । तिमी मेरो सदाको लागि घर हौ र मेरो खुशी ।’

फिरोजले फेसबुकमा स्टाटस लेख्दै आफ्नो औँठी लगाएको तस्विर समेत पोस्ट गरेका छन् । नायिका कार्कीले तुलसी घिमिरेद्वारा निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट अभिनय यात्रा सुरु गरेकी हुन् । फिरोज नेपाल रहँदा एपिवान टीभीमा कार्यक्रम निर्माता तथा उद्घोषक, ‘नेपाल आइडल’को प्रोड्युसर र ‘द भ्वाइस अफ नेपाल’को चिफ असिस्टेन्ट डिरेक्टरको रुपमा काम गरिसकेका अनुभवी व्यक्ति हुन् । ‘मेरी प्रिया’, ‘इच्छा’, ‘सुस्तरी’, ‘किन’ लगायतका गीत गायक तथा मोडल फिरोज र नायिका कार्कीलाई वैबाहिक जिवनको शुभकामना ।