मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

मंसिर ३, कर्णाली प्रदेश सम्वाददाता।  सुर्खेत जिल्ला स्थित वीरेन्द्रनगर नगरपालिका–१ का ३ वर्षीय बालक समिर नेपालीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि आफन्तले आज विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सडकमा टायर बालेर कर्णाली राजमार्ग बन्द गराएका हुन् ।
बालकको मृत्यु भएपछि मृतकका आफन्तले बुधबार सिद्धार्थ होटल चोकमा टायर बालेर विरोध जनाएका हुन् । बालकलाई ठक्कर दिएर फरार हुने मोटरसाइकल र चालक दुवैको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएकाे छ । प्रहरी कार्यलय सुर्खेतका अनुसार मोटरसाइकल र चालकको खोजी भइरहेको जनाएकाे छ ।
प्रदर्शनकारीले दोषी पहिचाहन गरी कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायत माग राखेका छन् ।