कोरोना रोकथामका लागी जनस्वास्थ्य मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय कालिकाेटकाे सुचना

१२ चैत्र २०७७ कालिकाेट/-  विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोग दाश्रो चरणमा विश्वभर फैलिएको र छिमेकी मुलुक भारतमा उच्चरुपमा फैलिएर मृत्यु दर निकै उच्च रहेकोले नेपालमामा पनि फैलिन नदिनका लागी गृह मन्त्रालयको अनुरोधमा कालिकोट जिल्ला प्रसासन कार्यालयले सुचना प्रकासन गरी जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेरको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटले जारी गरेको सुचनामा कालिकोट जिल्लाको क्षेत्रहाताका कुनैपनि पालिका, वडा तथा टोल र समुदाय स्तरमा वैठेक, भेला, सभा, समारोहरु र पर्वहरु संचालन नर्गन नगराउन र नेपाल सरकारको जनस्वास्थ्य मापदण्ढ अनुसारको स्वास्थ्य सुरक्षा अपनाएर हिडडुल गर्न गनुरोध गरेको छ ।

जनस्वास्थ्य मापदण्ड विपरीत कुनैपनि व्याक्ति हिडडुल र सेवा लिने र दिने गरेकोर खण्डमा संक्रमण रोग ऐन २०२० वमोजिम कानुनि कार्वाही गरीने व्याहोराको अनुरोध समेत उक्त सुचनामा प्रकासन गरीएको छ ।