सान्नित्रिवेणी गाउपालिकाको शिक्षा कलष्टरको वैठेक सम्पन्न, शैक्षिक सुधारमा नयाँ कदमको सुरुवात

१९ असार २०७७, कालिकाेट/- सान्नीत्रिवेणी गाउँपालिका शिक्षा कलस्टरको वैठेक पालिका अध्यक्ष डम्वर वहादुर शाहीको अध्यक्षता तथा पालिका स्थित सम्र्पुण विद्यालयका विद्यालय व्यावस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभाव संघका अध्यक्ष तथा शिक्षा संग साझेदार संस्थका प्रमुख तथा प्रतिनिहिरुको सहभागीमताा वैठक सम्पन्न भएको छ ।

वैठेक विशेष गरी सान्नीत्रिवेणी गाउँपालिका मा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मा परीर्वतन ल्याउन तथा रणनैतिक योजना तयार गरी कार्यन्वयनमा लैजानका लागी आवश्यक निति निर्माण गर्ने कुरामा केद्रित रहेको डाफे माध्यामिक विद्यालयका प्रधानाध्यापक हिरामणी सिम्खाडाले इ साझा खवर लाई वताएका छन् ।

सिम्खाडाका अनुसार पालिकाको शैक्षिक निति अग्रगामि किसिमको वनाउनका लागी विभिन्न पक्षिय प्रमुख तथा प्रतिनिधिको सभागीतामा पालिकाले कार्यक्रम आयोजना गरेको र आगामि दिनमा सान्नीत्रिवेणी गाउपालिका लाई शैक्षिक क्षेत्रमा नमुनाको रुपमा प्रस्तुत गर्ने गरी निति तयार गरीएको कुरा जानकारी दिएका छन ।

वैठेकमा सहभागी पालिका अध्यक्ष डम्वर वहादुर शाही ले भने राज्य संचालनका लागी चाहिने आवश्यक जनशक्ती उत्पादन गर्ने थलो विद्यालय भएको हुदाँ पालिकाको सम्पुर्ण श्रोत लाइै खर्चेर भए पनि शैक्षिक क्षेत्र लाई वलियो र गुणस्तरीय वनाउनु पर्ने कुरा व्यक्त गरेका छन् ।

आगामि दिनहरुमा सामुदायिक विद्यालयका शिक्षक हरु लाई नियुक्ति गर्दा योग्यता र क्षमता  लाई  आधार  मानेर कार्य सँचालन गर्ने, विद्यालयका प्रधानाध्यापक लाई मावि तहमा ३ हजार, निमावि तहमा २ हजार र प्रावि तहमा १ हजार रुपैया पालिका मार्फत भत्ताको व्यावस्थापन गर्ने, पालिका स्तरमा रहेको ३ वटा लिड विद्यालय शंकर मा वि सेरीज्युला, पंचदेवल मा वि मेहलमुडि र डाफे मावि मुम्रा लाई १/१ जना खेलकुद शिक्षक नियुक्त गर्ने, पालिका मार्फत दरवन्दी सिर्जना गरेर नियुक्त गरेका शिक्षक, शिक्षीकाको १० प्रतिशत तलव वृद्धि गर्ने, शिक्षक पेशा लाई झल्कीने खालको पोषाकको व्यावस्थापन गर्ने र शैक्षिक गुणस्तर उपलव्धिको आधारमा विद्यालय लाई अनुदान समेत प्रदान गर्ने जस्ता निर्णहरु वैठेकमा गरीएको सहभागी डाफे मा वि का प्रधानाध्यापक हिरामणी सिम्खाडाले जानकारी दिएका छन् ।