मलसाव्रो द्धारा वोईलर व्यावसाय चौपट, क्षतिपुर्तिका लागी सरोकारवाला सँग राहतकाे माग

कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं ४ स्थित वसन्तपुर चाटेखोलाका अरुण वहादुर शाहीको कुखुरा पालन व्यावसाय मलसाव्रोले चौपट वनाएको छ ।

गएको २४ गते रात्रि मलसाव्रो कुखुरा र्फमभित्र पसेर २ सय कुखुरा लाई मारेको र ५० कुखुरा घाईते वनाइ व्यावसायलाई चौपट वनाएको छ ।

शाहीका अनुसार २५ हजारको चल्ला किनेर र्फम संचालन गरेको र उक्त चल्ला दुई महिना सम्म पालेर करिव २ देखी ३ किलो सम्म पुगेका र ३ हजारको औषधि खर्च र १ लाख पचास हजारको चारो खाई सकेको हुदाँ अहिले ठुलो घाटा वेर्होनु परेको वताएका छन् ।

शाहिले व्यवसायनै चौपट हुने गरी भएको क्षतिका लागी उचित राहको माग गदै रास्कोट नगरपालिकाको पशु सेवा कार्यालय सम्म हारगुहार गरेका र सेवा कार्यालय वाट कुनै पनि राहत दिन नसकिने कुरा जानकारी भएको कुरा व्यावसायि शाहीले इ साझा मिडिया लाई वताएका छन् ।

शाहीले आफ्नो करिव साढे ४ लाख वरावरको क्षेति भएको हुदाँ जिविकोपार्जन क्षेत्रमा काम गर्ने संघ सस्था र सरकारी कार्यालय लाई उचित राहतको लागी अनुरोध गदै सरोकारवाला निकायको ध्यान केन्द्रित गरेका छन् ।