सान्नीत्रिवेणी गाउँपालिको प्रथम गाउँसभा र १०ओैँ अधिवेसनको उदघाटन सम्पन्न ।

१० जेष्ठ २०७९/-असाेक शाही, कालिकाेट
सान्नी त्रिवेणी गाउँपालिकाको १०ओैँ अधिवेशन तथा प्रथम गाउँसभाको उद्घाटन जिल्ला समन्वय समितिका अध्यक्ष धनजित शाहीले गरेका छन् । गाउँपालिकाको सभा कक्षमा आयोजित १० औ गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष महेश बहादुर के सि र उपाध्यक्ष पार्बति संञ्यालले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट प्राप्त बजेट अनुसार गाउँ सभामा वजेट प्रस्तुत गरीएको पालिका अध्यक्ष के सिले वताएका छन् । केन्द्र सरकार र संघिय सरकारबाट प्राप्त भयको बजेट समानिकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, राजश्व बाँडफाँड, अनुदान र विशेष अनुदान मार्फत गाउँपालिकाले ९ वटै वडामा बजेट विनियोजन गरिने पालिका अध्यक्ष के सि ले जानकारि दिएका छन ।

प्रमुख अथिति धनजित शाहीले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुले राज्यका् ऐन र नियमको परिधि भित्र रहेर जनहितमा काम गर्नका लागि चुनैति र अवसरको रुपमा आफुहरुमाथि आएको जिम्मेवारी पूरा गर्नुको साथै अनुदानको रुपमा आयको रकम जनतामा आवस्यक विकासमा लगानि गर्न आग्रह गरेका छन् ।

स्वास्थय ,शिक्षा ,रोजगारि जस्ता क्षेत्रहरुमा विशेष ध्यान दियर बजेट बिनियोजन गर्न सल्लाह दिनुको साथै सान्नी त्रिवेणी गाउँपालिकाको विकासको निम्ति सँधै जिल्ला समन्वय समिति प्रतिवद्ध रहने वताएका छन् ।

गाउँ सभामा पालिकामा कार्यरत संघ सस्था विभिन्न राजनितिक दल, सवै वडा का जनप्रतिनिधि वुद्धिजिवि, समाजसेवि लगायत पालिका स्थीत सवै सरोकारवालाको सहभागीता रहेको थियो ।