बालि पाक्ने दिन गन्दै बसेका कृषकहरुकाे मकै खेति एक छिनमै सखाप।

कालिकोट जिल्लाकाे सान्नित्रिवेणि गाउँपालिका वडा नः ८ र ९ लगायत आसपासका क्षेत्रहरुमा विनाशकारी बर्षा र हावाहुरीले मकै बालिमा क्षति पुर्याएकाे छ।

२३ गते बिहिवार राति आयकाे अभिरल वर्षा र हावाहुरिले खोलेकाॅडा, बिरुकाँडाे, दहगडा ,राउते वाडा,डाँडा गाउँ काँडा गाउँ, घट्याखाेला ,लामपाटि,खाडा,ओखलढुंगा, डाडुके,वालुपाटा गढिमुल ,सुपेचउर,मेलडालि, धुपि , वलइ, माटेखरक, माथिगाउँ लगायतक्षेत्रमा भारी बर्षा र हावाहुरिका कारण मकै बालिमा पुर्णरूपले क्षति पुराएको हो ।

भारी बर्षा र विनाशकारी हावाहुरिले लगभग ३५० घरधुरीको मकै बालि वर्षा र हावाहुरिले नस्ट पारे पछि अब आगामि दिनमा छाक कसरी टार्ने भन्ने चिन्ताले सताई रहेकाे कृर्षकहरुको गुनासो रहेको छ।

दिनप्रतिदिन बड्दाे मंहगिसँग जुधिरहेका कृर्षहरु यहि मकै खेती बाट खान पुग्छ भन्ने आशा लिएका थिए कहिले असिना पानी कहिले किरा र यस्तै हावाहरुका कारण चिन्तित हुनु परेको त कहिले प्रकृति प्रकोपका कारण चिन्तित हुनु परेको सान्नि त्रिवेणी गाउँपालिका मुम्राका किसानहरुले गुनासो प्रकट गरेका छन,।

सान्नित्रिवेणी गाउँपालिकाकाे वडा न: ८ र ९ मा सिचाइकाे व्यावस्था नहुदा धान खेती नहुने र धेरै जसाे मकै खेती नै यहाँकाे प्रमुख खेति भयकाेले यहि मकै बालि पनि यसरी नस्ट भए पछि अब हामी कसरी आफ्नो पेट पाल्ने होला भनेर किसानहरु धेरै चिन्तित भएका छन् ।

अब भाेकै मरिन्छ कि भन्ने डर लागिरहेकाे बेला स्थानिय सरकार र प्रदेश सरकार लगायत कुनै संघ संस्थाले याे मुस्किल घडिमा सहयाेग गरेपछि बाँच्ने थियौं हाेला भन्दै दिप बहादुर केसिले मलिन अनुहार लगाउदै गुनासाे व्याक्त गरेका थिए।

कृषकहरुको घरमा आगो सम्म नवल्ने स्थिति सृजना भएपछि सवै सरोकारवालाहरूलाई सहयोग का लागि हार्दिक अपिल गरेका छन् ।