निजि, सार्वजनिक जग्गा र वनको सिमाना छुट्याउदै वडा अध्यक्ष गिरी ।।

कालिकोट
सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ ले सामुदायिक वनको संरक्षण गर्न थालेको छ । वडा नं. १ मा रहेको भुमिराज बनको सिमाना छुटाउने काम भईरहेको वडा अध्यक्ष बैकुण्ठ राज गिरीले जानकारी दिए ।

भुमिराज सामुदायिक वनमा कोहि कसैले कब्जा गर्न खोजि निजि वनाउन लागेको भन्दै वनको सिमान छुट्याउन थालिएको वडा अध्यक्ष गिरीले बताए । सामुदायिक वनको अतिक्रमण रोक्नका लागि र वनको सिमाना छुट्याउनका लागि जिल्ला वन कार्यालय कालिकोट, अमिन, प्रहरी चौकी सान्तीघाट, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी जनप्रतिनिधि लगायतको सहभागितामा वनको सिमान छुट्याउने काम भईरहेको उनले बताए ।

सामुदायिक वन मात्र नभई सार्वजनिक जग्गा जमिन पनि व्यक्तिहरुले आफ्नो निजि बनाउन थालेपछि अमिन सहितको टोली ल्याएर सिमाना छुट्याउन लागेको वडा अध्यक्ष गिरीले बताए । आगामि दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने र निजिकरण गर्न खोज्नेलाई कानुनी कार्वाहीको दायरामा ल्याउने उनको भनाई छ ।

आफु वडा अध्यक्षमा निर्वाचित भईसकेपछि आफु रात दिन नभनि जनताको सेवामा खटिएको उनले बताए । तर केहि विकास विरोधीहरुले भने आफ्नो वारेमा भ्रम फैलाउदै नागरिकहरुलाई गलत सुचना दिएको बताएका छन । उनले सामुदायिक वनको संरक्षणका लागि र वनको रक्षाका लागि आफु दिन रात नभनि लागिपरेको र सामुदायिक वनको संरक्षणका लागि सबैलाई एक जुट भएर लाग्न समेत आग्रह गरेका छन ।