‘भेट्न आउनु’मा सागर र दिव्यानी

काठमाडौँ । गायक एसडी योगीको स्वर रहेको भेट्न आउनु बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सागर थापा ध्रुबको शब्द शृजनामा तयार गीतमा गायक स्वयमकै संगीत तथा संगीत संयोजन रहेको छ । गीतकार सागर र दिव्यानी वलीको अभिनय रहेको गीतले एक प्रेमील जोडियो प्रेम वियोगको गाथालाई देखाएको छ ।

हिमाल पारीको जिल्ला मुस्तागंमा छायांकन गरिएको सार्वजनिक गीतको भिडियोको दृश्य निकै नै लोभलाग्दो छ । अनिल कृष्ण मानन्धरको कन्सेप्ट, छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिगं मनोज काकीले गरेका हुन् । हेर्नुहोस् भिडियो