बलिउडका यी चर्चित कलाकारले नायिका निताको तारिफ गर्दै तिमी हिरा हौ भनेपछि…

काठमाडौँ । नायिका नीता ढुङ्गाना यतिबेला आफ्नो लगानीमा बन्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ को छायांकनमा व्यस्त छिन् । उनले ५ करोडको बजेटमा भारतमा नै गएर चल्तिका भारतीय कलाकारहरुलाई लिएर फिल्म ‘ह्रस्व दीर्घ’ को छायांकन गरिरहेकी छिन् ।

यसैबिच भारतीय अभिनेता ब्रह्मानन्दम्ले अभिनेत्री ढुङ्गानाको अभिनयको तारिफ गर्दै नीताको अभिनयबाट प्रभावित भएको बताएका छन् ।

भारतको हैदरावादको रामोजी फिल्म सिटीमा छायांकन भइरहेको छ फिल्मका लागि ब्रह्मानन्दम अली स्टुडियोमा उपस्थित भएका बेला उनले निताको खुलेर तारिफ गर्न भ्याएका हुन् । उनले ‘नेपालमा यस्तो राम्रो अभिनेत्री होला भनेर मैले कल्पना पनि गरेको थिइनँ । तिमी हिरा हौं’ भन्दै ब्रह्मानन्दले निताको तारिफ गरेका हुन् ।

ब्रह्मानन्दमले नीतालाई अभिनयको प्रशंसा गर्दै गिफ्ट समेत दिएको बताइन्छ । नीताले पति हरिहर अधिकारीसँग मिलेर बनाउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा ब्रह्मानन्दम्को अलवा सुनील बर्मा, ‘गजनी’ का भिलेन प्रदीपराज रावतसँगै नेपाली कलाकार रविन्द्र झा, आदर्श मिश्रा, लक्ष्मी पौडेलको अभिनय रहेको छ ।

चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्मलाई निकै चासोका साथ हेरिएको छ । जसको छायांकन अझै केही दिन भारतमा गरिने र त्यसपछि निर्माण यूनिट नेपाल आउनेछ । फिल्म भारतको ठूलो ओटीटी प्लेटफर्ममा रिलिज गर्ने पनि निताको तयारी रहेको छ ।