शितल कादम्बिनीको ‘चिलिम भरेर’मा प्रदीप बास्तोला शिवको अवतारमा

काठमाडौँ । गायिका रचना रिमाल र गायिका प्रिया सुवेदीको स्वर रहेको भजन चिलिम भरेरको भिडियो रिलिज गरिएको छ । साहित्यकार शितल कादम्बिनीको शब्द तथा सुरेश अकिारीको शब्द रहेको सार्वजनिक भजनमा नायक तथा मोडल प्रदीप बास्तोला भगवान् शिवको रुपमा देखा परेका छन् ।

महाशवरात्रीको अवसरमा रिलिज गरिएको सार्वजनिक भजन बिक्रम चौहानको निर्देशनमा तयार भएको हो ।

पशुपति मन्दिर परिसमा छायांकन गरिएको भिडियोको सिनेम्याटोग्राफर प्रकाश खड्का हुन् । भिडियोले भगवान शिवको महिमालाई वर्णन गरेको छ । हेर्नुहोस् भिडियो