भुवनले ल्याएको दशैँ गीत आउछु घर दशैंमामा रुचाइयो उनको अभिनय

काठमाडौं । के गाउँ के शहर नेपालीहरुको महान पर्व वडादशैँ घर आँगनमा आइसकेका बेला दशौसँग सम्बन्धित गीत संगीतहरु पनि धमाधम रिलिज भइरहेका बेला ‘आउँछु घर दशैंमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा कलाकार भुवन के पोख्रेल र अनिसा पराजुलीको अभिनय देख्न सकिन्छ । गीतमा गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वरमा रहेको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत पनि गायक भण्डारीकै रहेको छ ।

जसमा एरेन्ज जय देवकोटाको रहेको छ भने उक्त गीतको म्युजिक भिडियो गायक भण्डारीकै युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । बिदेशमा रहेका युवक दशैंको छेको पारेर घर फर्किदै गरेको दृश्य देखाइएको भिडियोमा मोडलद्धय भुवन र अनिसा गज्जबसँग खुलेका छन् । प्रदेश बाट घर फर्किदा कति खुशी लाग्छ भन्ने यर्थाथलाई भिडियोमा देखाउन खोजीएको छ । प्रवेश पोखरेलको छायांकन तथा सम्पादन रहेको सार्वजनिक गीतको निर्देशन मनोहर भण्डारीले गरेका हुन् ।