पल शाहले भाउ नदिएको भन्दै यस्तो समाचार आएपछि रिसाइन् पूजा

काठमाडौं । नायिका पूजा शर्माले एक समाचारमा आपत्ति जनाएकी छिन् । आफ्ना मिल्ने साथी पल शाह जेलबाट छुटेपछि भेट्न नगएको खबर छापिएको विषयलाई लिएर नायिका शर्माले जे समाचार लेखेपनि हुने भन्दै आक्रोश पोखेकी हुन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् जे लेखे पनि हुने ? कसको के जान्छ र यहाँ ?

नायिका पूजा शर्मा पल शाह पलको बचाउमा के मात्रै गरिनन् पूजाले । आफ्नो होम प्रोडक्सन फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरअघि पलविरुद्ध बलात्कारको जाहेरी परेको थियो ।

सो चलचित्रमा पूजाको जोडी बनेर खेलेका पल प्रहरीको खोजीमा परेपछि प्रिमियरमा अनुपस्थित रहे । सो कार्यक्रममा पल नआउँदा पूजा विक्षिप्त देखिएकी थिइन् । उनी क्यामराअगाडि नै धरधरी रोएका भिडियोहरु भाइरल बनेका थिए ।