नागाको ट्याटुले चर्चामा सामन्था

मुम्बई, १० वैशाख । अभिनेत्री सामन्था रुथ प्रभु प्रायः चर्चामा आइरहन्छिन् । फिल्मका अलावा उनी निजी जिन्दगीका कारण उनी समाचारमा छाइरहन्छिन् । हालैमात्र उनी सिरिज ‘सिटाडेल’को विश्वप्रिमियरमा सहभागी भएकी थिइन् । यो सहभागिता पनि उनका लागि नयाँ चर्चाको विषय बन्यो ।

किनकी सामन्थाले सार्वजनिक गरेका तस्वीरमा उनको शरीरको ट्याटु प्रष्ट देखिन्छ । यो ट्याटु उनले अभिनेता नागा चैतन्यसँगको वैवाहिक जीवनमा रहँदा पतिकै लागि बनाएकी थिइन् ।
नागा र सामन्था अहिले अलग्गिइसकेका छन् । तर सामन्थाको शरीरमा भने अझै पनि नागाकै नामको ट्याटु छ । ‘सिटाडेल’को प्रिमियरमा सहभागी सामन्थाको सार्वजनिक केही तस्वीरमा उनको ट्याटु देखिएको छ । जहाँ ‘चे’ लेखिएको छ । यो नाम नागाको निक नेम हो ।नागासँग सम्बन्धमा रहँदा सामन्थाले तीन ट्याटु बनाएकी थिइन् । नागा र सामन्थाले सन् २०१७ मा विवाह गरेका थिए । उनीहरु सन् २०२१ मा अलग्गिए ।