विवाहपछि बाहिर आयो नायिका कियाराको यस्तो रहस्य, अब के हुन्छ ?

काठमाडौं । हालै विबाह बन्धनमा बाँधिएको चर्चित जोडी हो सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको जोडी । विवाहअघि नै ‘लिभ इन रिलेसन’मा बसेका उनीहरुले फेब्रुअरी ७ मा राजस्थानको जैसलमेरमा भव्य विवाह रुपमा लगनगाँठो कसेका हुन् । हाल परिवारसहित कियारा दिल्ली पुगेकी छिन् । उनी रातो रंगको पोशाकमा देखा परेकी छिन् ।

कियाराको यो लुक्स् जो कोहीलाई लोभ्याउने थियो । उनी रातो रंगको सूटमा श्रीमान्सँग ट्युनिङमा देखिएकी थिइन् । यो चर्चित जोडी विवाहअघि एक घरमा एकसाथ बस्दै आएका थिए । बलिउडमा कैयौं कलाकारहरू विवाह अघि आफ्नो जीवनसाथीबारे बुझ्न सँगै बस्ने गरेका छन् । त्यहीकारण सिद्धार्थ र कियाराले यो निर्णय लिएका हुन् ।

दुवैले एकअर्कालाई राम्ररी बुझेपछि मात्र विवाह गर्ने निचोडमा पुगेका थिए । त्यसो त अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर पनि गत अप्रिलमा विवाह गर्नुअघि ‘लिभ इन रिलेसन’मा थिए । त्यसपछि मात्र उनीहले विवाह गर्ने निर्णय लिएका थिए ।