बिराटसँग अभिनेत्री दिपशीखा सिंह खड्काको लिप किस !

सामाजिक सञ्जालमा यतिबेला एउटा भिडियो भाइरल भइरहेको छ । यस भिडियोलाई भारतीय मिडियाले समेत प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गरिरहेका छन् । यो भिडियो अरु कसैको नभएर नेपाली मोडल तथा अभिनेत्री दिपशिखा सिंह खड्काको हो । केहि समय अघि उनि बैंकक घुम्न गएकी थिईन् ।

त्यहिबेला उनले बैंककमा रहेको बिश्वप्रसिद्ध क्रिकेटर बिराट कोहलीको स्ट्याचुमा लिप किस गर्दै भिडियो बनाएकी थिईन् । सोही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोलाई भारतीय मिडियाहरुले पनि प्राथमिकताका साथ ठाउँ दिईरहेका छन् । बेङ्कक घुम्न जाँदा त्यहाँ राखिएको स्ट्याचुमा उनले उक्त भोडियो खिचाएकी थिइन् ।

भिडियोलाई उनकी दिदिले आफ्नो टिकटकमा पोस्ट गरेपछि सो भिडियो भाइरल भएको हो । अहिले भारतीय मिडियाले उक्त भिडियोमाथी अनेकन हेडलाइन बनाएर समाचार बनाई रहेका छन् । दिपशिखाले रमाइलोको क्रममा खिचेको भिडियोको बारेमा भारतीय मिडियाले गलत तरिकाले सम्प्रेषण गरेको भन्दै दिपशिखाकी दिदिले अर्को टिकटक पोस्ट गरेकी छिन् । दिपशिखाले केहि फिल्म तथा दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।