विश्वभरका आयुर्वेद विज्ञ काठमाडौंमा, आयुर्वेदका लागि नेपालकाे वनस्पति जाेगाउनुपर्छ: प्रधानमन्त्री

काठमाडौं, १९ फागुन । नेपाल, भारतसहित विभिन्न देशका आयुर्वेद विज्ञहरु काठमाडौंमा भेला भएका छन् । ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा नेपाल, भारत र युरोप तथा अमेरिकालगायतका अन्तर्राष्ट्रिय आयुर्वेद क्षेत्रका विज्ञहरु, उत्पादक, व्यवसायीको सहभागिता छ ।

महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारले नीतिगत निर्णय गरेर जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्ने बताए । नेपाल आयुर्वेदका लागि उचित गन्तव्यस्थल भएको बताएका प्रधानमन्त्री प्रचण्डले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने बताए ।