विज्ञापनमा त्यस्तो के गरिन् र फेरी विबादमा तानिइन् करिश्मा ?

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर पछिल्ला दिनमा कामले भन्दा पनि विबादका कारण बढी चर्चामा छिन् । कुनै समय कामका कारण चर्चामा आउने यी सुन्दरी अभिनेत्री अहिले भने एकपछि अर्को विबादमा तानिइरहेकी हुन्छिन् ।

केही समय अघि मात्रै निहारिका प्रकरणका कारण विबादमा आएकी करिश्मा अहिले आएर विज्ञापनका कारण फेरी एक पटक आलोचित बन्न पुगेकी छिन् । सोलार हिटरसम्बन्धी एक विज्ञापनले करिश्मालाई गाली र ताली दिइरहेको छ ।

सोलार हिटरसम्बन्धी एक मिनेट १७ सेकेण्ड लामो उक्त विज्ञापन करिश्माले आफ्नो फेसबुकमा सेयर गरेसँगै अहिले उनी एकसाथ चर्चा र विबादमा तानिन पुगेकी छिन् । विज्ञापनमा करिश्माको अभिनय र संवादलाई लिएर धेरैले उनकै वालमा नै पुगेर करिश्मालाई नसुहाएको प्रतिक्रिया दिइरहेका छन् ।

एक प्रयोगकर्ताले त सस्तो विज्ञापनमा काम गरेको भन्दै करिश्माकै वालमा नै कमेन्ट गरेका छन् । धेरैले यस्ता विज्ञापन गर्नु अघि करिश्माले धेरै पटक सोच्नुपर्ने प्रतिक्रिया उनकै वालमा लेखेका छन् । जुन करिश्माले पनि देखेको हुन्छ ।