गायक कमल राईको मेरो स्कुल अनि मले दिलाउँछ बालापनको याद

काठमाडौँ । गायक कमल राईको आवाजमा मेरो स्कुल अनि म बोलको गीत सार्वजनिक भएको छ । शरणार्थी शिबिरमा बिताएका आफ्ना अतितका संझनाहरुलाई अत्यन्तै सुन्दर ढंगबाट गीतको माध्यमबाट प्रस्तुत गरिएको छ ।

गीतलाई शब्द तथा संगीत गायक कमल राई आफैले भरेका छन् । कमल राईको निर्देशन, हेमन तामाङको छायाँकन रहेको यस गीतको छायाँकन शरणार्थी शिबिर र आसपासको क्षेत्रमा गरिएको छ ।

गीतलाई जंग बहादुर मगर , सुष्मा मगर, लिला चाम्लिङ राई, सर्मिला चाम्लिङ राई, मनजित चाम्लिङ राई, दिपक राई, रामचन्द्र चापागाई लगायतका दर्जनौ कलाकारले शसक्त अभिनय मार्फत जिवन्त तुल्याएका छन् । शिबिरमा बिताएका आफ्ना बिगतका स्मृतीहरु तथा स्कुलको जिवनलाई बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

किशोर थापाले मिक्सिगं मास्टरिगं गरेको गीतको भिडियोको कलरिगं र सम्पादन योगेश दाहालले गरेका हुन् । गायक राईले ३ साता अघि मात्रै आफ्नै शब्द, संगीत तथा एरेन्जमा के छ त्यस्तो बोलको गीतको भिडियो रिलिज गरेका थिए ।