नेविसंघमा १० दिनभित्र समिति विस्तार र आठ महिनाभित्र महाधिवेशन गर्ने सहमति

काठमाडौं, २१ चैत-नेपाल विद्यार्थी संघमा संस्थापन र इतर पक्षबीच सहमति भएको छ । असन्तुष्ट पक्षले संगठनलाई पूर्णता दिनुपर्ने मागसहित आइतबारदेखि रिले अनशन थालेको थियो ।

आइतबार पार्टी सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहबरमा असन्तुष्ट पक्षबाट उज्जवल बज्राचार्य, अध्यक्ष दुजाङ शेर्पा र पार्टी सचिव प्रेम केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरूबीच चार बुँदे सहमित भएको छ ।उनीहरूबीच १० दिनभित्र शेर्पाको अध्यक्षतामा रहेको संघको तदर्थ समितिलाई पूर्णता दिने, संघको १२औं महाधिवेशन आठ महिनाभित्र सम्पन्न गर्ने सहमित भएको छ ।