यस्ताे छ आजकाे तरकारी तथा फलफूलको मूल्य

काठमाडौं, २७ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आजकाे मुल्य सार्बजनिक सुरु गरेकाे छ ।
जसअनुसार सोमबार रातो आलु २७ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

यसैगरी कालो अंगुर प्रतिकेजी १५०, अनार २२५ रुपैयाँ, हरियो अंगुर १००, आभोकाडो र किवि ४०० प्रतिकेजी, अमला १२० रुपैयाँ केजी केरा दर्जनकाेा १५० रहेकाे छ ।

यस्तै कन्य च्याउ प्रतिकेजी १४० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २५० रुपैयाँ छ । यता, ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानिय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, रायोको साग ३०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँमा किनबेच हुनेछ ।

तामा ९० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, खु्र्सानी सुकेको ४५० रुपैया, हरियो खु्र्सानी ९० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।

यसैगरी, राजमा घिउ सिमी र तिते करेला ९० रुपैयाँ, प्याज हरियो ५० रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ, भिण्डी ९० रूपैयाँ, लौका ४० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनिया ३० रुपैयाँ र कागती २०० रुपैयाँ प्रतिकेजी रहेको छ ।