यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं, ३० चैत । नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य स्थिर छ। यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबबेच भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।