अमेरिकी डलरको भाउ स्थिर, युरो घट्याे

काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।सोमबार पनि अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६८ पैसाले घटेको हो । आइतबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ९ पैसा कायम गरिएको थियो।

सोमबार बेलायती पाउण्ड स्टर्लिङको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ २२ पैसाले कम हो । आइतबार यसको खरिदमूल्य १६३ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य १६४ रुपैयाँ १९ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।

सोमबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसामा पाइनेछ । आइतबार साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ ।

उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८५ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४८ रुपैयाँ १९ पैसा तोकिएको छ।