थप उपचारका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आज दिल्ली लगिँदै

काठमाडौं । स्वास्थ्य समस्या फेरि बल्झिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । पेटको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान चिकित्सक र परिवारबीच परामर्श भएपनि बुधबार दिल्ली लैजान लागिएको हो ।

पेटको संक्रमण कम नभएपछि नयाँ दिल्लीस्थित अल इण्डिय इन्स्टीच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा लैजानेबारे मंगलबार नै परामर्श गरिएको थियो ।लामो समय औषधि सेवन गर्दा पनि पेटको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेको राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकले बताए ।मंगलबार फेरि समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

एक साताअघि पनि सोही समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो । उनको डा। निरज बमको नेतृत्वमा स्वास्थ्य उपचार भइरहेको छ ।