बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

काठमाडौं, ८ वैशाख ।  नेपाली बजारमा सुनको मूल्य शुक्रबार बढेको छ । यसअघि बिहीबार प्रतितोला ५०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँ बढेको हो। शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको। शुक्रबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।