राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

काठमाडौँ-भारतको नयाँदिल्लीमा उपचारारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उहाँको स्वास्थ्य उपचार बुधबारदेखि पाँचौँ दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गर्नुभएको थियो ।